काठमाडौं – सनराइज बैंकका ग्राहकले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसंग सम्झौता गरेको हो ।
सनराइज बैंक तथा सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटी बिच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ गुप्रका होटलहरुमा खान, बस्न तथा बेबरेज जस्ता सुबिधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।
उक्त सम्झौता पश्चात सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकहरुले छुटको लाभ लिन सक्नेछन् ।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij