काठमाडौं – प्रभु बैंक लिमिटेडले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने कागबेनीमा २१२औं शाखा बिस्तार गरेको छ । बैंकले मंसिर २९ गते सोमबार शाखा सञ्चालन शुरु गरेको हो ।
बैंकको कागवेनी शाखा कार्यालयको समुद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिका का अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरे । गुरुङले प्रभु बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।
बैंकको कागवेनी शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कागवेनी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij