काठमाडौँ – ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय सरेको छ । विगत १३ वर्षदेखि जमलस्थित राष्ट्रिय नाचघरकाे तेश्राे तल्लामा रहेको कम्पनीको कार्यालय नक्सालमा सरेको हो ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै कम्पनीकाे कार्यालय नक्सालमा (बालमन्दिर जाने बाटो सँगै र नेपाल टेलिकमको कार्यालयको ठिक अगाडी ) रहेको साविक शुभलक्ष्मी फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय रहेको भुँई तल्ला र पहिलो तल्लामा सरेको जानकारी दिएकाे छ ।
कम्पनीले सम्पादन गर्दै आएकाे सम्पूर्ण कार्यहरू अब मंसिर २८ गते आइतबारदेखि नक्साल स्थित कार्यालयबाट सञ्चालन हुनेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij