२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूतबीच भेट

अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूतबीच भेट

1.5K
Shares

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीननबचि भेटवार्ता भएको छ । अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड १९ महामारीको नियन्त्रणलगायत विषयमा छलफल भएको छ ।

राजदूतले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराउँदै नेपालसँग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने बताए ।

भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij