काठमाडौं – सनराइज बैंकले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने छन्।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ।
बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३, राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ।
बैंकले १३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ एटिएम मार्फत सेवा दिँदै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij