२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मेखबहादुर थापा निर्वाचित

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मेखबहादुर थापा निर्वाचित

2K
Shares

काठमाडौं – नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल मर्चेण्ट बैंकर्स संघको शुक्रबार सम्पन्न एघारौं साधारण सभाले अध्यक्षसहित ७ सदस्यीयको नयाँ कार्यसमिति चयन गरेको हो ।

सभाले संघको अध्यक्षमा एनआईबीएल एस क्यापिटलका डेपुटी सीईओ मेखबहादुर थापालाई निर्वाचित गरेको छ । त्यस्तै, उपाध्यक्षमा सनराइज क्यापिटलका सीईओ विजयलाल श्रेष्ठ, महासचिवमा ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकाल र कोषाध्यक्षमा एनआईसी एसिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझी चयन भएका छन् । त्यस्तै, सभाले दिपेश श्रेष्ठ, नारायणप्रसाद घिमिरे र रोशनी भारतीलाई सदस्य पदमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij