काठमाडौं – एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन् ।
यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ ।
कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफुले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई यस बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिएअनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ ।
बैंकले यसअघि नै नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहनुभएका ऋणीहरूलाई सुविधाको निमित्त वहाँहरूले उपभोग गर्नुभएको कर्जा बमोजिमको किस्ता रकम कनेक्ट आईपीएसको एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij