२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२४ घण्टामा थप १०५६ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप १०५६ जनामा कोरोना संक्रमण

1.8K
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना संक्रमित भेटिएका छन् । जसमा भक्तपुरमा ३९, ललितपुरमा ७५ र काठमाडौंमा ३९३ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij