२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकद्वारा लोकगायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

कामना सेवा विकास बैंकद्वारा लोकगायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

2.3K
Shares

काठमाडौं – कामना सेवा विकास बैंकले गायक सुरेश गन्धर्बलाई उपचारका लागि सहयोग स्वरुप रु.५० हजारको चेक हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभित्र रही शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, सामाजिक रुपले पिछडिएका वर्गका आयआर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान गर्दै आइरहेको बैंकले गायक गन्धर्बलाई उपचारका लागि सहयोग गरेको हो ।

६५ वर्षअघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेरदेखि नै सारङ्गी बजाउँदै आफ्नो सुरिलो स्वरले गाउँदै धेरै श्रोताको मन जित्न सफल भएका थिए भने २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिंकीबुङको राँगोलाई बोलको गीत रेर्कड भएको थियो ।

‘रिंकीबुङको राँगोलाई…..चुङकेबुङको चुलेसीले’ गीतका चर्चीत गायक सुरेश गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर, थाइराइड जस्ता रोगहरूबाट पिडित रहेका छन् ।

सहयोग स्वरुपको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका थिए । सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरि संकलन गरि प्रदान गरिएको बैंकका प्रदेश नं. १ प्रमुख छाराहाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij