काठमाडौं – वर्ल्डलिंकले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा वितरण गरको छ। शुक्रबार कम्पनीका निर्देशक मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा कपडा वितरण गरेका हुन्।
कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रिमा तयार गरिएको हो। हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निशुल्क उपलब्ध गराउँदै आइरहेको छ। मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन खर्च पनि कम्पनीले दिएकाे थियाे।
नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रम सञ्चालित छ। वर्ल्डलिंक विगत २५ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दैआइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो।
वर्ल्डलिंकको नेपालका ७३ जिल्लामा नेटवर्क कभरेज छ। कम्पनीका ४ लाख ७ हजारभन्दा बढी ग्राहक छन्। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा सार्वजानिक वाईफाई विस्तार गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij