२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तस्करीका लागि पूर्वतर्फ लैजाँदै गरिएका १२१ वटा गोरु प्रहरी नियन्त्रणमा

तस्करीका लागि पूर्वतर्फ लैजाँदै गरिएका १२१ वटा गोरु प्रहरी नियन्त्रणमा

2.4K
Shares

बुटवल – तस्करीका लागि पूर्वतर्फ लैजाँदै गरिएका पाँच ट्रक गोरु रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । पाँच वटा ट्रकमा राखिएका १२१ वटा गोरुलाई प्रहरीले बुटवलको अस्पताल लाइनबाट शनिबार नियन्त्रणमा लिएको हो । गोरु तस्करी गरी पूर्वतर्फ लैजाँदै गरेको सूचनाका आधारमा ट्रकहरु रोकेर चेकजाँच गर्दा कागजात शंकास्पद देखिएकाले ट्रक र ट्रकमा रहेका १२१ वटा गोरु नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीले ना ५ ख ५६५५,ना ८ ख ७३०२, बागमती प्रदेश ०३–००१ ख ०३३३, ना ६ ख ५७१२ र ना ५ ख ७५३९ नं.को ट्रकसहित ट्रक चालकहरु बाराको निजगढ नगरपालिका– ८ का ३६ वर्षीय गणेश पौडेल, बारा जितपुर सिमरा नगरपालिका–१६ का ३८ वर्षीय तिलकबहादुर जिम्बा, बाराको निजगढ नगरपालिका– ९ का ५२ वर्षीय शम्भु भट्टराई, मकवानपुरको हेटौडा–१४ का ३० वर्षीय लक्ष्मण दनै र र बारा निजगढ नगरपालिका– ९ का ३२ वर्षीय नवराज कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिएका सबै गोरुलाई पशु क्वारेन्टाइन भैरहवामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij