२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ड्राइभिङ लाइसेन्सको लागि अनलाइन फारम खुल्यो

ड्राइभिङ लाइसेन्सको लागि अनलाइन फारम खुल्यो

19.5K
Shares

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ ।

विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुलाएको हो । चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्य अन्तरर्गतका कार्यालयको माग बमोजिम खोलिने विभागले जानकारी दिएको छ ।

७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सुचना अधिकृतसँग सम्पर्क गर्न विभागले सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।

सोही कारण इच्छुक आवेदकले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सोझै सम्पर्क गरी आवेदन दिने व्यवस्था समेत मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij