काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा पूर्व अध्यक्ष पशुपति मुरारका नियुक्त भएका छन्। महासंघको ५४ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले मुरारकालाई विशिष्ट सदस्य नियुक्त गरेको हो।
यसअघिको कार्यसमितिमा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्य थिए। त्यस्तै शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानलाई पनि सदस्यमा मनोनित गरिएको छ। शेखर गोल्छा अध्यक्ष भएपछि बसेको पहिलो बैठकले उनलाई सदस्य नियुक्त गरेको हो।
महासंघ कार्यसमितिको बरियतामा अध्यक्ष शेखर गोल्छा, त्यसपिछि निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य मुरारका र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल हुने छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij