काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पदबहाली गरेका छन्। महासंघको १९ औं अध्यक्षको रुपमा पदबहाली गर्दै गोल्छाले कर्मचारीहरुलाई निर्देशन दिंदै महासंघ सञ्चालनमा सचिवालयको भुमिका महत्वपूर्ण हुने बताएका थिए।
उनले भने ‘कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनल रूपमा सञ्चालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने मैले कार्ययोजना पनि बनाएको छु ।’
पदबहाली कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला/नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समिति सदस्य अरुणराज सुमार्गीको पनि उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij