२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१५ शैय्याको ठोरी अस्पतालको शिलान्यास

१५ शैय्याको ठोरी अस्पतालको शिलान्यास

2.5K
Shares

पर्सा– पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ मा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । गौतमनगरस्थित ठोरी स्वास्थ्य चौकी परिसरमा सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरी अस्पतालको शिलान्यास गरेका हुन् ।
पर्साको सुदूरपश्चिममा रहेको यस गाउँपालिकामा अस्पताल नहुँदा उपचारका लागि सर्वसाधरणहरु जिल्ला सदरमुकाम वीरगञ्ज, चितवनको भरतपुरका साथै भारतमा जानुपर्ने बाध्यता थियो ।
अस्पतालको शिलान्यास गर्दै अध्यक्ष श्रेष्ठले बहुवर्षीय योजनामा निर्माण हुन लागेको यस अस्पतालबाट सर्वसाधरणको स्वास्थ्यमा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।
ठोरी अस्पताल सञ्चालनमा आएपछि ठोरीको पूर्वी भेग, चितवन र भारतीय जनताले समेत स्वास्थ्य उपचार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij