२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शहर सडक मानवमुक्त निर्माणका लागि सरकार क्रियाशील : राज्यमन्त्री मानन्धर

शहर सडक मानवमुक्त निर्माणका लागि सरकार क्रियाशील : राज्यमन्त्री मानन्धर

1.1K
Shares

काठमाडौं– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
सोमबार गुरु नानक जयन्तिका अवसरमा काठमाडौंको बालाजु म्हेपीमा आयोजित कार्यक्रममा मानन्धरले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको व्यवस्थापनका लागि काम गरिरहेको बताएका हुन् । मानवताका लागि र मानव सभ्यताको विकासका गुरु नानकले देखाएको मार्गदर्शन अवलम्वन गर्न सक्नुपर्नेमा मानन्धरको जोड छ ।
राजधानी काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रमा सडकमै जीवन विताइरहेकाहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तिब्रता दिइने मानन्धरले बताए । सरकारले काठमाडौंको तारकेश्वर नगरपालिकाको तीनपिप्ले नजिकै पाँचमानेमा आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको जानकारी दिंदै मानन्धरले व्यवस्थित रुपमा आश्रम निर्माण हुने दाबी गरे ।
फरक प्रसंगमा उनले पार्टी भित्रको आन्तरिक विवाद केही समयमै समाधान हुने बताउँदै सरकारलाई थप बलियो बनाउनेगरी छलफल अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij