२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कैलाश हेलिकप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण

कैलाश हेलिकप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण

1.4K
Shares

काठमाडौं– बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको एक हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । बागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामाले हेलिकप्टर चरासँग ठोक्किएपछि पाइलटले बेलकोटगढी नगरपालिका वडा नम्बर ६ स्थित झिल्टुङमा आकस्मिक अवतरण गरेको जानकारी दिए ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको लामाले बताए । हेलिकप्टरमा ६ जना सवार रहेकामा एकजना सामान्य घाइते भएको जानकारी आएको लामाले बताए । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij