काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले ५४ औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाच सरकारले तोकेको प्रोटोकलमा आयोजना गर्न लागेको बताएको छ । ५४ औं साधारणसभा उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै महासंघका अध्यक्ष भवानी राणाले कोभिड–१९ कै बीच हुँदै गरेको महासंघको वार्षिक साधारणसभा तथा निर्वाच सरकारले तोकेकै मापदण्ड अनुसार स्वास्थ्य सुरक्षाका अधिकतम विधि अपनाई गर्न आयोजना गर्न लागिएको बताइन् । अध्यक्ष राणाले भनिन्, ‘साधारणसभा र निर्वाचन सरकारले तोकेकै मापदण्डमा गर्दैछौं ।’
महासंघको ५४ औं साधारणसभाको उद्घाटन प्रधामन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट जुमबाट उद्घाटन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, उद्योग राज्यमन्त्री मोतिलाल दुगड, महासंघका हालका पदाधिकारी लगायत पूर्वअध्यक्ष तथा पदाधिकारीसहित द्धीराष्ट्र व्यापारसँग सम्बन्ति व्यक्तित्वहरु तथा ब्राण्ड एम्बास्डरहरुको सहभागिता रहेको थियो ।
राणाले भनिन् – ‘महासंघको लामो इतिहासमा वार्षिक साधारणसभा र नेतृत्व चयनको प्रक्रिया समयमै हुँदै आएको छ । महासंघ आफ्नो नीति, नियम विधानमा सधै कटिबद्ध छ । तर यस पटकको ५४औं वार्षिक साधारणसभा भने नोबेल कोरोना भाइरसका कारण प्रभावित हुन पुग्यो । साधारणसभाको समयका हिसााबले गत चैत २७–२८ गते नै हुनुपथ्र्यो । तर कोभिड–१९ का कारण हुन सकेन । यद्यपि हामी ढिलै भएपनि सकारको स्वीकृतिमा हाल महासंघको साधारणसभा तथा नयाँ कार्यसमिति चयनको मतदान गर्दैछौं’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij