२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

त्रिशुलीमा भ्यान खस्दा चालकसहित दुईको मृत्यु

त्रिशुलीमा भ्यान खस्दा चालकसहित दुईको मृत्यु

2.2K
Shares

काठमाडौं– त्रिशुलीमा खसेको पिकअप भ्यानबाट दुई जनाको शव निकालिएको छ। गाडी भित्रबाट चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र जमुना रोक्काको शव निकालिएको प्रहरीले जनाएको छ ।
प्युठानबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको थियो।
भ्यानमा रहेका प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का नदीमा पौडी खेलेर बाहिर निस्किएका छन् भने बेपत्ता तीन मध्ये दुई जनाको शव फेला परेको छ।
गाडीमा ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का पनि थिए। प्रहरीकाअनुसार भ्यान राजमार्गबाट करिब ६० मिटर तल खसेको छ।
पौडी खेलेर उत्रिएका रोक्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij