काठमाडौं– प्रत्येक वर्ष कर दिवषको अवसरमा आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्थाहरुको सूचि सार्वजनिक गर्छ । र, सम्मान पनि आन्तरिक राजस्व विभागले ‘नवौं कर दिवस २०७७’ को अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ वटा करदाता कम्पनीलाई सम्मान गरेको छ। निर्यात गर्ने कम्पनीमा सबैभन्दा बढी आयकर डाबर नेपाल प्रालिले तिरेको छ । आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर कम्पनी छ ।
कृषि क्षेत्रमा अन्नपूर्ण एग्रो रहेको छ । सहकारी लघुवित्तमा छिमेक लघुवित्त, बैंकमा नबिल बैंक, बीमा पुनरर्बीमा, शिक्षामा मनिपाल एजुकेशन, विप्रेषणमा आइएमई रेमिटेन्स, व्यापारमा अग्नी इन्कप्रोरेट, पर्यटनमा तारागाउँ र मध्यमस्तरमा कामना सेवा विकास बैंक रहेका छन् ।
आन्तरिक राजस्व कार्यालयको क्षेत्रमा सबैभन्दा बढी तिर्नेमा भिएफ सर्भिस र व्यक्तिगततर्फ सर्वाधिक आयकर तिर्नेमा विजयकुमार शाह छन् । समयमा मूल्य अभिबृद्धि कर बुझाएर घोराही सिमेन्टले सम्मान पाउन लागेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij