२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोनाले मृत्यु

हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोनाले मृत्यु

1.8K
Shares

काठमाडौं – होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हो । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो ।
शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् । उनका एक छोरा डाक्टर हुन् । छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ॐ अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij