२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अल्का अस्पतालले शुरु गर्यो पीसीआर परीक्षण

अल्का अस्पतालले शुरु गर्यो पीसीआर परीक्षण

1.5K
Shares

ललितपुर – अल्का अस्पताल जावलाखेलले कोरोनाका लागि पीसीआर परीक्षण शुरु गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएर अल्का अस्पतालले पीसीआर परीक्षण शुरु गरेको हो।
सरकारले तोकेको मापदण्ड र उपकरण मगाएर परीक्षण शुरु गरिएको अस्पतालका सिओओ दिपेन्द्र पोखरेलले जानकारी दिए। अल्का अस्पतालले मलेकुलर ल्याव युएसएफडीए सर्टिफाइड मेसिन र किट प्रयोग गरी पीसीआर परीक्षण सुरु गरिरहेको छ। ल्यावमा अनुभवि डाक्टरहरुको टिम रहेको अस्पतालले बताएको छ।

‘परीक्षण सुरु गरेपछि अल्का अस्पतालले घरमा वा अफिसहरुमा गएर पनि स्वाव संकलन गरिरहेको छ। सुरक्षा सावधानी अपनाएर हामीले घर वा अफिसहरुमा गएर पनि स्वाव संकलन गरिरहेका छौं ।’ पोखरेलले भने।

पीसीआर परीक्षणको रिपोर्ट अल्का अस्पतालले २४ घण्टाभित्रै उपलब्ध गराउँदै आएको छ। अल्का अस्पताल २०६२ सालमा स्थापना भएको हो। ललितपुरकै जावलाखेलमा २०५२ सालमा अल्का फार्मेसी संचालनमा ल्याएका कुमार थापाले सेवा विस्तार गर्दै अस्पताल खोलेका हुन।

अल्का अस्पतालले अहिले टेष्ट ट्यूव वेवी सेवा, प्रसुति सेवा तथा महिला रोग विशेषज्ञ, डाइवेटिज, बालरोग, मुटु रोग तथा त्यसका सम्पूर्ण परीक्षण, नशा सम्बन्धि, जनरल फिजिसियन, बाथ, यौन तथा छालारोग विशेषज्ञ, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा रोग, नाक, कान घाँटी, दाँत रोग विशेषज्ञ, युरोलोजिष्ट, कलेजोरोग विशेषज्ञ, एनेस्थेसिया लगायतका सेवा दिदैँ आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij