२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण

1.3K
Shares

ललितपुर – महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले कार्तिक २९ गते लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५ महालक्ष्मीस्थान ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ । उक्त बगैँचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले विधिवत रुपमा उद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका छन् ।
बैंकले महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पु¥याउने उद्देश्यले उक्त बगैँचा मर्मत तथा पुनः निर्माण गरेको हो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij