काठमाडौं – कर्जा सूचना केन्द्र (सीआईबी) ले कात्तिक महिनामा मात्रै करिब चार सय व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको छ । बैंक तथा वित्तीय क्षेत्रहरुको आग्रहमा सीआईबीले व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको हो ।
ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई पनि सीआईबीले बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा कालोसूचीमा राख्ने गरेको छ । सीआईबीले दिएको जानकारी अनुसार कात्तिक महिनामात्रै ३ सय ८८ व्यक्ति फर्म कम्पनीहरु कालोसूचीमा परेका छन् ।
यीमध्ये धेरै ऋण लिएर नतिर्नेहरु रहेका छन् भने कतिपय खातामा रकम नभएको चेक दिएर दुःख दिनेहरु रहेका छन् । कात्तिक महिनाको २ गतेमात्रै सीआईबीले ५ जनालाई कालोसूचीमा राखेको जनाएको छ ।
सीआईबीका अनुसार लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगेको छ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij