काठमाडौ – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको छ।
आज सेनाको हेलिकप्टरमार्फत् उनलाई अपरान्ह काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ।
पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको थियो।
उनको उपचार बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र हुने बताइएको छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij