काठमाडौं– बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये २३८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij