२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा

प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा

845
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रोल्पाको रोल्पा नगरपालिका वडा नं। ०४ स्थित लिवाङमा २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले उद्घाटन गरे ।
शाखाका उद्घाटन गदैं मेयर केसीले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गरे ।
बैंकको लिवाङमा शाखा कार्यालयबाट अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij