२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीमा पाँच हजार बढी जवानमा भर्ना खुल्यो

नेपाल प्रहरीमा पाँच हजार बढी जवानमा भर्ना खुल्यो

1.8K
Shares

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ। आज विज्ञापन निकालेर खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो।
जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ।
कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ। कक्षा आठ वा सो सरह पास गरेकोले फारम भर्न पाउँछन्।
उचाइ पुरूषका हकमा घटीमा पनि पाँच फिट दुई इन्च र तौत ५० केजी हुनुपर्नेछ। यस्तै महिलाका हकमा पाँच फिट र तौत ४२ केजी हुनुपर्नेछ।
१८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij