काठमाडौं – नेपाल बोटलर्स वाटर एसोसिएसन जारमा भरिएको प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णयबाट पछि हटेको छ ।
पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चेतावनीपछि निर्णय फिर्ता लिन व्यवसायीहरुले विभागसँग लिखित सहमति गरेको छ ।
मूल्य बढेको विषयमा सोधपुछ गर्न विभागले व्यवसायीलाई बोलाएको र कानूनअनुसार सरकारले पक्राउ गरेर थुन्ने हो वा मूल्य घटाउन सहमत हुने लिखित सम्झौता भन्ने विभागको प्रश्नपछि व्यवसायी पछि हटेका हुन ।
विभागसँगको सहमति कार्यन्वयन भए नभएको बजारमा हेरिने र नभएको पाइए दण्ड गरिने विभागले जनाएको छ ।
बजार अनुगमनममा निस्किएको विभागको टोलीलाई पानीको खरिद र बिक्री जाँच गर्न निर्देशन दिइएको पनि विभागले जनाएको छ ।
वाणिज्य विभागसँगको सहमतिमा भन्दै केही दिनअघि नेपाल बोटलर्स वाटर एसोसिएसनले जारको पिउने पानीको मूल्य तोकेको थियो । बजारमा २५ रुपैयाँ प्रतिजारदेखि ४५ रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij