काठमाडौं – प्रभु हेलिकप्टर प्रा.लि.ले भित्र्याएको नयाँ एयरबस हेलिकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ। स्थापनाको पाँच वर्षमा यो एयरबस हेलिकप्टरसँगै प्रभुसँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ । प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर नयाँ एयरबस हेलिकप्टर ल्याउने निर्णय गरेको थियो ।
सो बमोजिम चैत्र ११ गते काठममाडौं आइपुगेको थियो तर कोभिड–१९ का कारण औपचारिक प्रकृया ढिला भएको प्रभु हेलिकप्टरले जनाएको छ ।
कलसाइन ९ एन–एनएलई रहेको हेलिकप्टरको ६ वटा सिट क्षमता छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलिकप्टर नेपाली भू–भागको लगि योग्य हेलिकप्टर रहेको कम्पनिको दावी छ m
।
प्रभु हेलिकप्टर छोटो समयमा राम्रो लोकप्रियता कमाएको हेलिकप्टर उडान सेवा प्रदायक कम्पनी हो । सन २०१५ मा अमेरिकाले बनाएको रबिन्सन आर ४४ पिस्टक इञ्जिन हेलिकप्टरको साथ उडान सुरु गरेको प्रभु हेलिकप्टरले ३ वर्षभित्रै चारवटा नयाँ रोबिन्सन आर ६६ टर्बाइन हेलिकप्टर थपेको थियो ।
हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकिय उडान गर्दै आएको सो हेलिकप्टरले पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकको सेवा दिँदै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij