२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्णाली प्रदेशको प्रमुख सचेतकबाट शाह हटाइए, नेपालीलाई जिम्मेवारी

कर्णाली प्रदेशको प्रमुख सचेतकबाट शाह हटाइए, नेपालीलाई जिम्मेवारी

1.3K
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सभा दल कर्णाली प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गुलावजंग शाहको स्थानमा प्रदेश सभा सदस्य सीता नेपालीलाई आइतबार नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना ससदस्यले अविश्वास प्रस्ताव गरेकै दिन साहको स्थानमा नेपालीलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम नेपालीलाई प्रदेश सभाको प्रमुख सचेतकमा नियुक्त गरेको उल्लेख गरेका छन् ।

‘प्रस्तुत सम्वन्धमा नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा दलका सदस्य तपाईँ सीता कुमारी नेपालीलाई प्रदेश सभा दलको विधान बमोजिम पार्टी र दलको हितमा काम काज गर्नुहुने विश्वास सहित तपाइलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको छु’, प्रदेश सभा दलका नेता तथा मुख्यमन्त्री समेत रहेका शाहीले नेपालीलाई दिएको नियुक्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij