काठमाडौं – कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत नबढेको संघलृ जनाएको छ ।
यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको छ । साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको हो ।
खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको व्यवसायीहरु बताउँछन् ।
सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij