काठमाडौं– बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन केसीलाई कोरोना संक्रमण भएको छ । केसीले आफुलाई कोरोना लागेको फेसबुक मार्फत जानकारी दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन् – ” सादर नमस्कार । आदरणीय वडाबासि आमा बुवा,दाजुभाइ तथा दिदिबहिनीहरु साथिभाई/सहकर्मीहरु
मिति २०७७/०६ / २१ गते बुधबार का दिन बुढानिलकण्ठ न. पा.को जन स्वास्थ्य मार्फत चपलि घुम्ति स्वास्थ्य शाखामा PCR स्वाब परिक्षण संकलन गरि २०७७/०६/२५ गते आईतवार प्राप्त रिपोर्ट अनुसार मेरो स्वास्थ्यमा covid19 corona virus पोजेटिभ नतिजा आएको देखिएको छ।
स्वाब परिक्षण गर्नु केहि दिन अगाडि सामान्य ज्वरो र रुघा लागेको र स्वाब परिक्षण गर्नु केहि अगाडि दिनदेखि नै वडा कार्यालय मा बिदा लिएको र अरु भेटघाटमा पनि सामाजिक स्वास्थ्य सुरक्षा अपनाएको हुनाले सबैले आफ्नो स्वास्थ्य को सुरक्षा साबधानि अपनाई दिनुहुन र सुरक्षित बस्न हुन सबैमा अनुरोध गर्दछु । हाल मेरो स्वास्थ बिगतको केहि दिनदेखि एता स्वस्थ र सामान्य रहेको पनि जानकारी पनि गराउदछु।मलाई बिश्वास छ यहाहरुलाई बिस्वास दिलाउन चाहान्छु कि कोरोना भाईरसलाई परास्त गरि पुन यहाहरुको सेवामा छिट्टै नै फर्किने छु।
धन्यवाद छ। जय भद्रकाली माता।”
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij