२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धरान र बिराटनगरमा एकैदिन ५ संक्रमितको मृत्यु

धरान र बिराटनगरमा एकैदिन ५ संक्रमितको मृत्यु

1.6K
Shares

बिराटनगर – कोरोना संक्रमणका कारण धरान र बिराटनगरमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा दुई र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।

शनिबार राति नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो ।
कलेजका अनुसार महिलालाई २० असोजमा नोबेलमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा २१ असोजमा रिपोर्ट पोजेटिभ आएको थियो ।

नोबेलमै उपचाररत सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया वृद्धाको शनिबार राति ८ बजे, सनुसरीको दुहवीका ६५ वर्षीय वृद्धको आइतबार बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आइतबार बिहान ६ः४० बजे मृत्यु भएको छ ।
शनिबार दिउँसो विराट मेडिकल कलेजमा इटहरी उपमहानगरपालिका–५ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । शनिबार विहान न्यूरो अस्पतालमा पथरी शनिश्चरे नगरपालिका–६ की ९२ वर्षीया महिलाको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij