२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

1.7K
Shares

काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘गत सोमबार कोरोना परिक्षाण गर्दा रिपोर्ट नेगेटीभ आएको थियो, त्यसक्रममा काठमाडाैं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ, हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो, आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij