२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

च्यासुण्डोलमा रक्तदान कार्यक्रम सम्पन्न

च्यासुण्डोलमा रक्तदान कार्यक्रम सम्पन्न

2.6K
Shares

काठमाडौं– बुढानिलकण्ठ नगरपालिका ६ वडामा रहेको च्यासुण्डोल युवा क्लवले असोज २४ गते अर्थात शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ। उक्त रक्तदान कार्यक्रममा ३६ जना रक्तदाताहले रक्तदान गरेका थिए ।
बागमति प्रदेशका प्रदेश सभा सदस्य दीपक निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभासदस्य भिमसेन खत्री, एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा विशेष अतिथि रहेका थिए । वडा नम्बर ६ का वडा अध्यक्ष नविन केसी, ७ नम्बरका वडा अध्यक्ष बसुनारायण श्रेष्ठ, हेपाली हाइट प्रहरी चौकीका प्रमुख सुर्वण प्याकुरेल, पत्रकार मनोज थापा लगयातका अतिथिहरुको उपस्थिती रहेको थियो ।

 

कोरोना भाइरसको कारण उपचारमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै क्लवले रक्तदान कार्यक्रम आयोजना गरेको क्लवका अध्यक्ष विकास खत्रीले बताए । पूर्ण स्पमा सुरक्षा मापदण्ड अपनाएर रक्तदान कार्यक्रम आयोजना हुने क्लवले जनाएको छ ।

 

अतिथिहरुले क्लवले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक तथा खेलकुद कार्यक्रममा क्लवको सक्रिय सहभागीता हुन शुभकामना दिएका थिए । साथै क्लवको कार्यमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

 

 

 

रक्तदान कार्यक्रममै वडाबाट एसइइ उत्र्तिण विद्यार्थीलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिले विद्यार्थीलाई सम्मान गरेको थियो । साथै क्लवलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । रक्तदान कार्यक्रममा वडा नम्बर ६ को सहयोग रहेको थियो ।
क्लवको भवनमा रक्तदान तथा सम्मान कार्यक्रम भएको थियो । वडा नम्बर ६ ले क्लवलाई म्युजिक सामग्री पनि उक्त कार्यक्रममा हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij