२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२४ घण्टामा थप ४३६४ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप ४३६४ जनामा कोरोना संक्रमण

2K
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् । देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij