२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एशियाले गर्यो १० लाखकाे दूर्घटना बिमा रकम भुक्तानी

एनआइसी एशियाले गर्यो १० लाखकाे दूर्घटना बिमा रकम भुक्तानी

1.9K
Shares

एनआइसी एशिया बैंकले दूर्घटना बीमा वापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ। बैंकको गोपिगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता (डायमन्ड श्रेणीअन्तर्गतमा) खोलेका नवलपरासी (पश्चिम) प्रतापपूरका राजकुमार शर्माको दूर्घटनामा मृत्यु भएपछि उनको श्रीमतीलाई सो रकम भुक्तानी गरिएको हो।

उनलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा बिमा रकम भुक्तानी गरिएकाे थियो। बैंकले ३२६ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउन्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदैं आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij