काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ। आज थपिएकामध्ये आधा भन्दा बढी काठमाडौंका छन्। काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ।
यस दिन १० हजार ८९१ जनाकाे पिसिआर परीक्षण भएकाे छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij