२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्लाष्टिकमा बेरेर फालिएको नवजात शिशु खोलामा भेटियो

प्लाष्टिकमा बेरेर फालिएको नवजात शिशु खोलामा भेटियो

1.4K
Shares

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा प्लाष्टिकमा बेरेर फालेको अवस्थामा नवजात शिशु भेटिएको छ। खोर्के खोलामा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शुक्रबार बिहान ९ बजेतिर नवजात शिशु भेटिएको हो। फेला परेको शिशुको पोष्टमार्टमको तयारी भएको उनले जानकारी दिए।

‘कहिले र कसले शिशु फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ, अहिले प्रहरीले मृत शिशुलाई खोलाबाट निकालेको छ,’ डिएसपी घर्तीले भने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij