काठमाडौं –भोलिबाट साझा यातायातका लामो दुरीका गाडी चल्ने भएका छन्। दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। ‘सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउँदै छौ,’ पाण्डेले सेतोपाटीसगँ भने।
भोलि साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने उनले जानकारी दिए।पाण्डेकाअनुसार दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन हुनेछ।
यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्नेछन्। गाडीको भाडा नेपाल सरकारले तोकेअनुसार ५० प्रतिशत अधिक हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij