काठमाडौं– जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई मंगबलार काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगन्ज र मंगलबार नेपालगन्जबाट काठमाडौं ल्याइएको हो ।
डा. केसीको यो उन्नाईसौ पटक सत्याग्रह हो । डा केसीले दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय लिएको बताएका छन् । काठमाडौं आएपछि पनि त्रिवि शिक्षण अस्पतालमा सत्याग्रह जारी राख्ने केसीले बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij