२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

२४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण

1.4K
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिए । संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij