काठमाडौं – काठमाडौंको टोखा नगरपालिकामा रहेको धापासी माविमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १३ वटा संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५० जना भन्दा बढिले रक्तदान गरेका थिए ।
आयोजकहरुमा फैमालचुली समाज सेवा समिति, धापासी परिर्वतन युवा क्लब, लायन्स क्लव अफ काठमाडौं साझा फुलबारी, सिन्दुर बचत तथा ऋण सहकारी संस्था लि., नौलखा बचत तथा ऋण सहकारी संस्था लि., फैमालचुली टोल विकास संस्था, धापासी बहुउद्देश्यीय सहकारी संस्था लि., साइराम सामुदायिक सहयोगी संस्था,भगवती मातृ समुह, टोखा नगरपालिका, प्रिन्ट प्लस प्रालि., स्वास्थ्य शिक्षा र विकास नेपाल, धापासी ब्याँचुली बासुरी पुचः रहको थिए ।
कोभिड १९ को कारण असहज परिस्थितीमा रगतको अभावलाई थोरै भएपनि पुर्ति गर्न मद्दत पुग्ने अपेच्क्षाले रक्तदानको आयोजना गरेको आयोजक संस्था मध्यको एक फैमालचुली समाज सेवा समितिका अध्यक्ष सुर्दशन थापाले जनाए ।












© 2026 All right reserved to arthanepal.com | Site By : Sobij