काठमाडौ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ्ले निरन्तरता पाउने भएका छन । भदै २९ गते कार्यकाल समाप्त हुन लागेका घिसिङको पक्षमा सामाजिक संजालमा समेत आवाज उद्दै आएको छ । चर्को लोडसेडिङ हटाउन कार्यकुशलता देखाएका घिसिङको म्याद २ वर्ष थप्ने तयारी उर्जा मन्त्रालयको छ ।
निरन्तर घाटामा गइरहेको प्राधिकरणलाई घिसिङले नै नाफामा पुर्याएका हुन । उनले शहरी क्षेत्रमा विद्युत केवल भूमिगत बनाउने कामको समेत सुरुवात गरेका छन । प्राधिकरणलाई व्यवसायीक बनाउन कुशल नेतृत्व गरेका घिसिङले आगामी दुई वर्षमा प्राधिकरणमा थप सुधार गर्न बाँकी रहेको बताउँदै आएका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij