२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भैरहवाको भीम अस्पतालमा आईसीयू सञ्चालन

भैरहवाको भीम अस्पतालमा आईसीयू सञ्चालन

1.1K
Shares

बुटवल – भैरहवाको भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू वेड भए पनि जनशक्ति अभावमा पाँच महिनादेखि सञ्चालनमा थिएन ।

युनिभर्सल मेडिकल कलेजले एनेस्थेसियाको जनशक्ति पठाएपछि आईसीयू वेड सञ्चालनमा ल्याइएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्ताले भनिन्, कन्सल्ट्यान्ट फिजिसियन, मेडिकल अफिसर र नर्सिङका कर्मचारीको अझै अभाव छ ।’

तर आईसीयू सञ्चालनमा आएसंगै सोमबार चारजना संक्रमित भर्ना भएको बताइन् । बुटवलका ३ जना र धकधईका एकजना भर्ना भएका हुन् । कोरोना संक्रमितलाई उपचारका लागि २२ वटा जनरल बेड छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij