२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जंगी अड्डामा कार्यरत सैनिक जवानले गरे आत्महत्या

जंगी अड्डामा कार्यरत सैनिक जवानले गरे आत्महत्या

3.5K
Shares

काठमाडौं – जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।

सो घटना सम्वन्धी जवानको नजिकका नातेदारलाई जानकारी गराइसकिएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी शव पोष्टमार्टम गर्न त्रि.वि.शिक्षण अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान शुरु गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij