२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमाडौं उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना

काठमाडौं उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना

2.2K
Shares

कामठाडौं – पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ।
यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यससँगै मृतकको संख्या १५७ पुगेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij