२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्जको कोरोना अस्पतालबाट दुई संक्रमित भागे

वीरगञ्जको कोरोना अस्पतालबाट दुई संक्रमित भागे

2.1K
Shares

वीरगञ्ज – वीरगञ्जमा दुई जना कोरोना संक्रमित वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट भागेका छन् । राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij