काठमाडौं निषेधाज्ञामा पनि रेमिट्यान्स कारोबार सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गर्दै कोरोनाको संक्रमण दिनानुदिन बढ्दै जाँदा गरीएको निषेधाज्ञाले विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकलाई अप्ठ्यारो पर्नसक्ने देखिएकोले रेमिट्यान्स कम्पनीलाई परिपत्र गर्दै स्थानीय प्रशासनको निषेधाज्ञालाई परिपालना हुनेगरी कारोबार समेत सूचारु राख्न निर्देशन दिएको हो ।
यसरी सेवा सुचारु गर्दा सम्बन्धित स्थानिय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो प्रणालीमा न्यूनतम कर्मचारीबाट विप्रेषणको भुक्तानी व्यवस्था मिलाउन, बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फंड ट्रान्सफरतथा वि.मु. सटही गर्ने विप्रषण भुक्तानी बैंक मार्फत हुने व्यवस्था मिलाउन, आफू अन्तर्गतका निकायहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड अनुपालना गरी भिडभाड नगर्न निर्देशन दिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij